झापा : झापाको गौरीगंज गाउँपालिका–३ मा आज साँझ ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ। स्थानीय दुर्लभ श्रेष्ठको घरको भान्साघरमा करिब ६ः३५ बजेतिर ग्यास लिक हुँदा आगो लागेको हो।
घरधनी श्रेष्ठले तत्काल सर्तकता अपनाउँदै सिलिन्डरको पाइप काटेर सिलिन्डरलाई आँगनमा निकालेका थिए। तर आगो नियन्त्रणमा आउन नसकेपछि स्थानीयवासीहरूले पानी हालेर निभाउने प्रयास गरेका थिए।
घटना बारे जानकारी पाएलगत्तै गौरीगंज इलाका प्रहरी कार्यालयबाट खटिएको ८–९ जना सुरक्षाकर्मीको टोलीले फायर ग्यास प्रयोग गरी करिब ६ः५० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ।
ससमय नियन्त्रणमा ल्याइएकाले ठूलो जनधनको क्षति हुन पाएन। कुनै मानवीय क्षति नभएको र स्थानीयवासी तथा सुरक्षाकर्मीको प्रयासले ठूलो दुर्घटना टार्न सफल भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया