अस्थिरताको मोडमा सरकार : ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

सोमबार, २३ असार २०८२

काठमाडौं। सत्ता गठबन्धनमा दरार देखिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक अवस्था सिर्जना भएको छ। सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछिसो अवस्थाको सिर्जना भएको हो ।

गत असार ३० मा एमाले अध्यक्ष ओली नेपाली कांग्रेससहित सातबुँदे सहमति अनुसार आलोपालो सरकार नेतृत्व गर्ने सहमतिमा प्रधानमन्त्री बनेका थिए। तर, एक वर्ष नपुग्दै नाउपाले संघीय संसद सचिवालयमार्फत समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार संकटमा परेको हो। यसअघि जसपा नेपालले पनि समर्थन फिर्ता लिए पनि त्यो औपचारिक रुपमा संसदमा पुगिसकेको छैन।

नाउपाको समर्थन फिर्तासँगै ओलीले संविधान अनुसार अब ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। यदि विश्वासको मत प्राप्त गर्न असफल भएमा नयाँ गठबन्धन बन्ने सम्भावनाले राजनीतिक माहोल तातिएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विश्वासको मत लिनुपर्ने अवस्थामा त्यसलाई असफल बनाएर नयाँ गठबन्धन बनाउनका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्वाद बढाएको स्रोतले जनाएको छ। तर देउवाले तत्काल गठबन्धन बदल्ने पक्षमा नरहेको बताइएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार