भारतको पक्षमा खुल्यो कांग्रेस- अप्रेशन ‘सिन्दुर’को समर्थन

शुक्रबार, २६ बैशाख २०८२
फाइल तस्बिर

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले भारतले पाकिस्तानमाथि गरेको आक्रमणको समर्थन गरेको छ। कांग्रेसले पहलगाम हमलापछि भारतले पाकिस्तानमाथि गरेको आक्रमण अप्रेशन ‘सिन्दुर’प्रति समर्थन जनाउँदै पाकिस्तानको जवाफी कारबाहीप्रति चिन्ता व्यक्त गरेको हो ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिँदै प्रवक्ता प्रकाशशरण महतले भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा पार्टी रहेको  बताए ।

भारत पहलगाममा आतंककारी आक्रमणपछि विकसित परिस्थितिमा आतंकवादको खिलापमा भएको कारवाही जायज भएको बताए ।

उनले भने, ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रशय नदेओस् भन्ने पक्षमा छौं ।’

नेपाली कांग्रेस सधैँ आतंकवाद निरुत्साहित गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले भारत पाकिस्तान तनाव युद्धमा परिणत नहोस् भन्ने पक्षमा रहेको बताए । नेपाली कांग्रेस कसको पक्षमा भन्ने प्रश्नमा उनले भने, ‘हामी आतंकवादी गतिविधि भयो त्यसको विपक्षमा उभिने हो । आतंकवादलाई संरक्षण गर्ने प्रवृति हुनुहुन्न भन्ने हाम्रो प्रष्ट धारणा हो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार