नेकपा माओवादी केन्द्रको वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।
प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।
पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको दलको नेताका अर्का आकांक्षी युवराज दुलालले जानकारी दिएका छन् । शालिकराम यसअघि पनि दलको नेता थिए ।
संसदीय दलको नेतामा जमरकटेलको नाम प्रस्तुत भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका छन् । सहयात्रीले असहमतिकाबीच उनको नाम पारित भएपछि असहमति जनाएका छन् ।
पौडेलले दलमा मतदानको माग गरेका थिए । उनले यसअघि प्रदेश अध्यक्षमा पनि चुनावबाटै जितेका थिए ।
Discussion about this post