झापा । सहकारीकर्मी रामचन्द्र उप्रेतीलाई मातृशोक परेको छ । उप्रेतीकी आमा जानुकादेवी उप्रेतीको ८९ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी का संस्थापक अध्यक्ष समेत रहेका रामचन्द्रकी आमा जानुकादेवीको वुधवार अपरान्ह सवा ३ बजे मस्तिष्क घातका कारण मेचीनगर – ६ काँकरभिट्टास्थित निवासमा निधन भएको मृतकका भतिजा लक्ष्मी उप्रेतीले जानकारी दिए ।
स्व।उप्रेतीका चार छोरा रहेका छन् । जसमा रामचन्द्र सहकारी अभियन्ता हुन् भने लक्ष्मीप्रसाद उप्रेती काँकरभिट्टा वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा एनएमसी सहकारीका कार्यकारी प्रमुख रहेका छन् । त्यस्तै मनोज उप्रेती सूर्योदय टेलिभिजन बिर्तामोडका अध्यक्ष हुन् भने गोपिचन्द्र उप्रेती व्यवसायी हुन् ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीकी सासुआमा समेत रहेकी जुनुकादेवीको विहीवार बिहान १० बजे मेची नदिमा अन्त्यष्टी गरिने बताइएको छ ।
मृतक उप्रेतीका चार छोरा वुहारीमा रामचन्द्र – लक्ष्मी उप्रेती, लक्ष्मीप्रसाद – मीना पोखरेल उप्रेती, गोपिचन्द्र – ममता भेट्वाल उप्रेती, मनोज – विष्णु मैनाली उप्रेती रहेका छन् ।
दुई छोरीहरुमा हरिमाया मैनाली र वविता उप्रेती ढकाल रहेक छन् । वविता ओखलढुङ्ग उच्च अदालतकी न्यायाधीस हुन् ।
१९९२ साल बैशाख १० गते ताप्लेजुङमा जन्मिएकी स्व। उप्रेतीका श्रीमान त्रिलोचनको यस अघि नै निधन भएको छ ।
Discussion about this post