झापा । लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य आपराधिक गतिबिधि नियन्त्रणका लागि पूर्वी नाका काँकरभिट्टामा तालिमप्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको छ ।
‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत मेचीनगर–६स्थित नेपाल–भारत सीमानाका काँकरभिट्टामा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वयमा कुकुरसहित चेकजाँच शुरु गरिएको हो । सीमावर्ती क्षेत्रबाट हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणको लागि पारु र पिंकु नाम गरेका २ वटा तालिमप्राप्त कुकुरसहित डग स्नेपिङ चेकजाँच शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
कुकुरले सुँघेर पत्ता लगाउने भएकाले प्रहरी चेकजाँचमा यसले सहयोग पुग्ने बताइएको छ । अभियान शुरु भएसंगै पूर्वी नाकाको प्रयोग गर्दै हुने गरेका आपराधिक गतिविधि नियन्त्रण हुने प्रहरीले जनाएको छ ।
Discussion about this post