झापा । खेलकूद अन्तरगतको एक लोकप्रिय डोरी तान खेलको प्रर्वद्धन गर्ने उद्देश्यले स्थापना भएको डोरितान संघ झापा जिल्ला समितिले झापामा क्षेत्रीय संघ गठन गर्ने कार्य सुरु गरेको छ ।
झापाको हल्दिवारी गाउँपालिकामा पालिका स्तरीय डोरी तान क्षेत्रीय समिति गठन भएको छ । हल्दीबारीमा गठन भएको क्षेत्रीय समिति झापामा पहिलो हो ।
खकेन राजवंशीको अध्यक्षतामा संघमा सात सदस्यीय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मदन दाहाल, सचिव तुलसी मिश्र, कोषाध्यक्ष गणेश मगर, सदस्यहरूमा रूपादेवी रसाइली, निकिता राजवंशी र अनिल चौहानलाई सर्वसम्मत चयन गरिएको छ ।
डोरी तान संघ झापाकी अध्यक्ष युनिता दवाडीको अध्यक्षता र हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यमा आयोजित भेलाले हल्दीबारी समिति गठन गरेको हो ।
समिति गठन कार्यक्रममा गाउपालिका उपाध्यक्ष लीलादेवी मैनाली, वडा न १ का वडाध्यक्ष देवी बहादुर थापा, वडा न २ का वडाध्यक्ष सुकलाल राजवंशी, वडा न ४ का वडाध्यक्ष सन्तकुमार थापालगायतको आतिथ्यता रहेको थियो ।
झापा जिल्ला डोरी तान संघ कार्यसमिति सदस्य हेम कुमार न्यौपानेले स्वागत गरेको कार्यक्रममा प्रदेश उपाध्यक्ष हीमा पौड्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन ।
कार्यक्रमको सञ्चालन झापा जिल्ला डोरी तान संघ कार्यसमिति सदस्य यादव मिश्र गरेका थिए ।
Discussion about this post