झापा ।
बिर्तामोड नगरपालिकाले बजार अनुगमनलाई तीव्रता तीब्रता दिएको छ । बुधवार पनि नगरपालिकलो बजार अनुगमनलाई निरन्तरता दिएको हो । चाडपर्वको बेला महंगी बढ्ने, म्याद गुज्रिएका अखाद्य वस्तुको विक्री वितरण हुन सक्ने भएकोले अनुगमनलाई नरन्तरता दिएको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए ।
उप प्रमुख संग्रौलाको नेतृत्वमा निस्किएको अनुगमन टोलीले भद्रपुर रोडमा रहेका खाद्यन्न तथा किराना पसल, हनुमान सेन्ट्रलमा रहेको किनमेल डिपार्टमेन्ट स्टोर, लगायत कृषिथोक बजार भित्र रहेको तरकारी पसल र माछा मासु पसलको अनुगमन गरेको हो । टोलीले अनुगमनका क्रममा फेला पारेका म्याद गुज्रिएका सामाग्री नष्ट गर्न, नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गर्न र माछा मासु पसलहरुलाई सफा र स्वच्छ राख्न सुझाव दिएको छ।
आज भएको अनुगमनमा नगर उप प्रमुख संग्रौलासंगै वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, वडा नम्बर ५ का वडा सदस्य दुर्गा प्रसाद सिवाकोटी, वडा नम्बर ४ का वडा सदस्य उमेश राउत, नगरको राजश्व शाखा प्रमुख पदम घिमिरे, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष मदन गोपाल सुव्वा, कृषिथोक बजार व्यवस्थापन समिति अध्यक्ष कम
ल प्रसाद पौडेल, प्राविधिक दिव्या सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका राजु गौतम लगायतको सहभागिता रहेको थियो ।
नगरपालिकाले यस अघि बिर्तामोड क्षेत्र भित्र रहेको पेट्रोल पम्प र बिर्ताबजार क्षेत्रको किराना पसल, माछा मासु पसलको अनुगमन गरेको थियो ।
Discussion about this post