धरान । घरेलु टोली बराह-११ फुटबल क्लबलाई पराजित गर्दै शान्तिनगर फुटबल क्लब इटहरीले तेस्रो संस्करणको बराहक्षेत्र गोल्डकपको उपाधि जितेको छ ।
उपाधिसंगै शान्तिनगर फुटबल क्लब इटहरीले २ लाख रुपैयाँ राशि हात पारेको छ । उपविजेता भएको बराहक्षेत्रले नगद १ लाख पुरस्कार जितेको छ । कर्नर किक मार्फत शान्तिनगरका एकराज बुढाथोकीले खेलको ३० औं मिनेटमा निर्णायक गरे । त्यसपश्चात खेलमा कुनै गोल हुन सकेन ।
विधागत उपाधितर्फ बेस्ट गोल किपर शान्तिनगरका सुजित चौधरी, बेस्ट डिफेन्डर वराह ११ का योगेश राई, बेस्ट मिडफिल्डर वराह ११ का रविन राई, बेस्ट फर्वर्ड सौर्य राउत, हाइ स्कोरर वराह ११ का आकाश राई, राइजिङ प्लेयर चक्रघट्टी फुटबल क्लब कोलन कार्की, बेस्ट कोच शान्तिनगरका जुनिम राई घोषित भए ।
त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट वराह-११ का भीम विक घोषित भए । विजेता -उपविजेतालाई नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार र खेलकुद विकास समिति संयोजक तथा वराहक्षेत्र-७ का वडाध्यक्ष कपिल आचार्यले उपाधि हस्तान्तरण गरे ।
Discussion about this post