काठमाडौं। बडादशैंको टीकाको चौथो दिन आज पनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।
दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ । घटस्थापनाका दिन विधिपूर्वक दशैंघरमा टीका तथा जमरा स्थापना गरिन्छ ।
सोही टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा छ । ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दशैंमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ ।
मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले शहरबजारमा भिडभाड बढेको छ ।
Discussion about this post