सुन्दरहरैंचा/ मोरङकाे सुन्दरहरैंचा नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा १ लाख ५१ हजार रुपैयासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वकाे टाेलीले शुक्रबार राति सुन्दरहरैंचा नगरपालिका १० विराटचौकस्थित सुशीलकुमार काफ्लेको घरमा छापा हानेकाे थियाे । जुवाजन्य खेलिरहेको अवस्थामा ३ बुक ताससहित ३७ वर्षीय काफ्ले, ३० वर्षीय सुमन ढकाल, ३४ वर्षीय कृष्णबहादुर कार्की, ३७ वर्षीय भीम कार्की र ४८ वर्षीय सरोज न्यौपाने र केराबारी गाँउपालिकाका ३८ वर्षीय गोविन्द बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
काफ्लेको घरकाे दोस्रो तल्लामा तास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट प्रहरीले लाख ५१ हजार २ सय २५ रुपैयाँ बरामद गरेको हो । पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेकाे छ ।
Discussion about this post