Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

पुर्व राज्य मन्त्री रामवीर मानन्धर प्रभु साहाद्वारा नवगठित आम जनता पार्टीमा रहने भएका छन् । नेकपा एमालेका पूर्व नेता तथा पूर्व शहरी विकास राज्यमन्त्री मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका हुन् ।
लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो । भेटघाटमा सहकार्यका बिषयमा कुराकानी भएको पार्टी निकट एक नेताले जानकारी दिए ।
मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा भेट भएको ती नेताले बताए । मानन्धर आजपामा संगठित रुपमा नै अगाडि बढ्ने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिएका छन् ।
पार्टी बिस्तार र थप जिम्मेवारीका बिषयमा पुनः भेटेर कुराकानी गर्ने सहमति भएको यादवले जानकारी दिएका छन् ।
Discussion about this post