वराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । चाडपर्वको समयमा हुनसक्ने कालोबजारी रोक्न नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको हो । यसै क्रममाा वुधवार नगरपाालिकाले प्रकासपुर बजारको अनुगमन गरेको छ । सो क्रममा बजारमा अखाद्य सामग्री फेला परेको थियो । बजारमा पाइएका अखाद्य सामग्री जफत गरिएको छ ।
उपभोक्ताको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई जोड दिइएको हो । अनुगमनका क्रममा प्रकाशपुर बजारमा रहेको पसलहरुबाट म्याद सकिएका खाद्यन्न तथा बिग्रिएका पेय पदार्थह बिक्री बितरण भइरहेको फेला परेको थियो ।
नगरपालिकाले प्रतिवन्ध लगाएकाो २० माइक्रोनभन्द्या कम तौल भएका प्लाष्टिक झोला समेत ठूलाो मात्रामा बरामद गरेको अनुगमन समिति संयोजक एवम नगरकी उपप्रमुख नन्दकुमारी सुनुवारले बताईन । त्यस्ता सामग्री बिक्री गर्नेहरुलाई कारवाही स्वरुप जरिवाना गरिएका छ ।
बजार अनुगमन टोलीले रामधुनी सुपरमार्केट,दिपशिखा किराना पसल,शाह किराना पसल लगायत आधा दर्जन बढी पसलहरुबाट अखाद्य बस्तुहरु फेला पारेको थियो ।
अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत देबेन्द्रबहादुर मल्ल, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी,उद्योग वाणिज्य संघका कोषाध्यक्ष तुलसी श्रेष्ठ, उपभोक्ता मञ्चका प्रतिनिधि,नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो।
Discussion about this post