इटहरी । इटहरीमा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सहकारीले साधारण सभा सम्पन्न गरेको हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष प्रह्लाद कुमार आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीको पछिल्लो समयमा उत्कृष्ट गतिबिधी गर्दै आएको बताएका छ्न ।
वडाध्यक्ष आचार्यले सहकारीमा सहकार्य आवश्यक रहेको बताएका छन् । उनले आय -आर्जन गर्न र दैनिकीमा सहजता ल्याउन सहकारी आन्दोलनको भूमिका रहेको पनि बताए । सहकारीको भिडमा सुविधा सहकारी आफ्नो गतिमा हिँडिरहेको उल्लेख गर्दै आर्थिक सूचक सुविधामा सकारात्मक र पारदर्शी रहेको उल्लेख गरेका छन् ।
सहकारीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले छोटो समयमा प्राप्त गरेको सिकाइ, अनुभव र उपलब्धिको जगमा उभिएर आगामी यात्रा तय गर्ने बताए ।
Discussion about this post