झापा । बिर्तामोडमा रहेको कृषि बजार व्यवस्थापन समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरुका लागि आर्थिक सहयोग गरेको छ ।
समितिले कृषि बजारका व्यवसायी , संचालक समिति र कर्मचारीहरुबाट संकलन गरी १ लाख ८ हजार ४५५ रुपैयाँ भूकम्पपीडितहरुलाई सहयोग गरेको हो । व्यवसायीहरुबाट ८९ हजार ४६५ तथा संचालक समिति र कर्मचारीहरुबाट १८ हजार ९९० रुपैयाँ संकलन गरिएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बताए ।
उनले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत वितरण गर्ने गरी कृषि विकास बैंकको रामशाहपथको खातामा जम्मा गरिएको जानकारी दिए ।
Discussion about this post