ताप्लेजुङ कात्तिक : ताप्लेजुङमा गोलिया काट्ने क्रममा एक जनाको मृत्यू भएको छ । सिरीजंघा गाउँपालिका ३ सिकैचामा उत्तिसको गोलिया काट्ने क्रममा सुमन मेन्याङवो लिम्बुको मृत्यू भएको हो ।
पाथीभरा याङवरक गाउँपालिका ४ डुमृसेका ३१ वर्षीय मेन्याङवो लिम्बुलाई शुक्रबार दिउशो गोलिया ढाल्दा टाउकोमा चोट लागेको थियो । उनको राती मृत्यू भएको बताइएको छ ।
शवको कानुनी प्रक्रिया पुरा गर्नका लागि जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट प्रहरीको टोलि घट्नास्थलतर्फ प्रस्थान गरेको प्रहरी नायव उपरीक्षक डिएसपी राजन लिम्बुले जानकारी दिए ।
Discussion about this post