झापा । जुवा खेली रहेको अबस्थामा प्रहरीले झापाको गौरादहबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
नगद एकलाख ३५ हजार ९ सय २० रुपैया सहित गौरादह ३ युवराज खड्काको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । खड्काको घरमा जुवा खेलीरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई प्रहरीले विहान ३ वजे पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले नगद सहित १६ थान कौडा र तीन वुङ तास समेत वरामद गरेको छ । प्रहरीले पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान शुरु गरेको बताईएको छ ।
उता भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटल संचालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत ५ जनालाई बिहीबार राति पक्राउ गरेको हो । उनीहरूबाट नगद १३ हजार ४० रूपैयाँ र १ बुक तास बरामद भएको छ
Discussion about this post