काठमाडौँ–माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटविरुद्ध आज सुनुवाइ हुन लागेको हो । प्रशासनको निर्णयविरुद्ध हिजो अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
संविधानले बिनाहातहतियार शान्तिपूर्ण भेला गर्ने अधिकार प्रत्याभूत गरेको भन्दै प्रशासनको निर्णय अन्तरिम आदेशबाट खारेज हुनुपर्ने माग निबेदकहरुले गरेका छन ।
मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा एउटा पक्ष र नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डला आसपासमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
Discussion about this post