झापा । मंसीर ९ गते पूर्वराजा ज्ञानेन्द्र शाह झापा आउने भएका छन् ।
बिर्तामोडस्थित ईकोम कलेजले निजी लगानीमा कलेज परिसरमा निर्माण गरेको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्बराजा शाह झापा आउन लागेका हुन् । सोही दिन कलेजको उद्घाटन गरिने कलेजका प्रबन्ध निर्देशक आलोक कार्कीले जानकारी दिएका छन् ।
बिर्तामोडमा ८ बर्षदेखि सञ्चालनमा रहेको ईकोम कलेजलेको बिधिवत उद्घाटन पूर्ब राजा शाहाले गर्न लागेको बताइएको छ ।
कलेजले बुधबार पत्रकार सम्मेलन गरी पुर्वराजा शाहले शालिक अनावरण गर्ने कार्यक्रम तय भएको जनाएको छ । ‘हामीले ७ महिनादेखि उहाँलाई ल्याउने पहल गरेका हौं, कार्कीले भने–‘दरबारबाट बल्ल समय मिलेको हुनाले अनावरणको मिति तय गर्न सक्यौं ।’ पृथ्वीनारायण शाहको शालिक उनकै बंशबाट अनावरण गर्न सापेक्ष हुने भएकाले ज्ञानेन्द्र शाहलाई बोलाइएको कार्कीले बताए ।
ज्ञानेन्द्र शाह झापा आउने भएपछि राजावादी दल राप्रपाले पनि ब्यापक जनसहभागिता जुटाउन कसरत शुरु गरेको छ । राप्रपाले उपस्थितिका लागि राजावादीसँग आह्वान पनि गरेको छ । कलेज प्रशासनले भने शाहको शालिक अनावरण कार्यक्रमलाई लिएर अनावश्यक राजनीतिकरण नगर्न अनुरोध गरेको छ । प्रशासनले कलेज हाताभित्र राजनीतिक दलका गतिविधिलाई बढावा दिनेगरी कार्यक्रम गर्न रोक लगाउने जनाएको छ ।
‘हामी राजावादी मात्र होइनौ, कुनै राजनीतिक दलसँग हाम्रो सम्बन्ध छैन, कलेजका अर्का सञ्चालक निर्मल निरौलाले भने–‘पृथ्वीनारायण शाहले नेपाल एकिकरणमा गरेको योगदानलाई अहिलेका पुस्ताले बिर्सिन सक्ने अवस्था आएकाले उनको योगदानलाई जिबन्त राख्न शालिक निर्माण गरेका हौं ।’
ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकले पनि बिर्तामोड नगरपालिका–१ मा रहेको कलेजमा निर्मित शाहको शालिक अनावरण गर्ने कार्यक्रम रहेको बताएका छन् ।
उनले प्रेस विज्ञप्ती जारी गर्दै ९ गते शाह सो कार्यक्रममा सहभागी हुन आउने बताएका हुन् ।
Discussion about this post