धरान / देउसीभैलोबाट संकलन गरिएको पैसा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले सामाजिक कार्यमा खर्च गरेको छ । सडक दुर्घटनामा घाइते बसका चालक विरामी र मृगौला पीडितलाई आर्थिक सहयोग गरेको हो ।
दुवै मृगौला खराब भई उपचारमा आर्थिक समस्या भएका टेम्पो चालक आयुष मगरको श्रीमति अरुणा तामाङ र सडक दुर्घटनामा घाइते बसका चालक सोम राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।
बुधबार संगठनको अभियानमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले देउसी भैलोबाट संकलन गरिएको रकम मध्ये मृगौला विरामी तामाङलाई १० हजार रकम र बसका चालक विरामी राईलाई १५ हजार रकम फोटो पत्रकार महासंघका सनसरी अध्यक्ष विकास चाम्लिङ, सहसचिव सनम तामाङ सहित संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले नगद हस्तान्तरण गरे।
प्रत्येक वर्ष देउसी खेलेर संकलन भएको रकमबाट सामाजिक कार्य गर्दै आइरहेको फोटो पत्रकार महासंघका अध्यक्ष विकास चाम्लिङले बताए ।
नेपाल फोटो पत्रकार महासंघ सुनसरीले तिहारमा चार दिन देउसी खेलेर ७४ हजार रकम संकलन भएकोमा केही रकम सामाजिक काममा प्रयोग गर्ने र बाँकी रकम फोटो पत्रकारहरुको शीप अभिवृद्धिका लागि तालिममा खर्च गरिने अध्यक्ष चाम्लिङले बताए ।
Discussion about this post