झापा । झापाको चन्द्रगढी विमानस्थलको रनवेमा स्याल देखिएपछि ल्यान्ड हुन लागेको बुद्ध एयरको जहाजले ओभर सुट गर्नु परेको छ ।
चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुसार करिब ७ बजे काठमाडौँबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो ।
धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभर सुट गरेको उनले जानकारी दिए ।
‘धावनमार्गमा स्याल पसेको पाइएपछि मिस अप्रोच गर्न भनेका थियौँ,’ उनले भने, ‘स्याल धपाएपछि मात्रै बुद्धले नर्मल अवतरण गर्यो ।’
Discussion about this post