झापा । नेपाली कांग्रेस झापाका पूर्वजिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको आज अन्त्येष्टि गरिएको छ ।
कमल–५ निवासी ८८ वर्षीय नेता शर्माको सोमबार अपराह्न साढे ४ बजे निधन भएको थियो । कन्काई मुक्तिघाटमा आजउनको अन्त्येष्टि अघि निवासमा श्रद्धाञ्जलिका लागि पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र पार्टी महामन्त्री विश्वप्रकाश शर्मा पुगेका थिए ।
कन्काई मुक्तिघाटमा उनको दाहसंस्कारमा पूर्वमन्त्री एवं कांग्रेस नेता केशवकुमार बुढाथोकीसहित जनप्रतिनिधि, कांग्रेसका नेता, कार्यकर्ता, जनप्रतिनिधिलगायत विभिन्न राजनीतिक दल तथा सामाजिक, शैक्षिक व्यक्तित्वको सहभागिता थियो ।
स्व नेता शर्माको निधनमा दमक बहुमुखी क्याम्पस र कमल–५ स्थित मङ्गलमय माविले पनि आज शोक बिदा दिएका छन् ।
Discussion about this post