वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको महेन्द्र गेट देखि मुनाल चौकसम्मको सडकको दायाँ र बायाँ नाला मिचेर बनेका संरचना हटाउन सुरु गरेको छ । मुनाल चौकदेखि चक्रघट्टि बसपार्कसम्मको सडकलाई कम्तीमा ६५ फिट कायम गर्नका लागि नगरपालिकाले संरचना हटाउन सुरु गरेको हो । नाला पैनी मिचेर बनाइएको संरचनाहरू हटाउनका लागि पालिकाले ३५ दिने अल्टिमेटम समेत दिएको थियो । तर नगरपालिकाले दिएको अल्टिमेटमलाई समेत बेवास्ता गरेर बसेपछि आजबाट नगरले संरचना हटाउन सुरु गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।
महेन्द्र गेट देखि चक्रघट्टि बसपार्कसम्मको सडकलाई व्यवस्थित तथा सुन्दर बनाउने नगरपालिकाको योजना र सडक बिस्तार तथा सौन्दर्यीकरण गर्ने सङ्घीय सरकारको कार्यक्रम अनुसार नालालाई मिचेर बनेका संरचना हटाउन नगरपालिकाले संस्थागत निर्णय गरेको नगर प्रमुख कार्कीले बताए ।
सङ्घीय सरकारको नयाँ सहर बनाउने योजना अन्तर्गत वराहक्षेत्र नगरपालिका प्राथमिकता परेको र १ करोड बजेट समेत विनियोजन भएकाले महेन्द्र गेट देखि मुनाल चौकसम्म साइकल लेन सहितको सुन्दर सडक बनाउने योजना सहित नाला मिचेर बनेका संरचना हटाउने निर्णय भएको नगर प्रमुख कार्कीले बताए ।
Discussion about this post