इटहरी/ इटहरीमा एक महिलाको हत्या भएको छ ।
इटहरी २ राईचोकस्थित एकल महिला मधुमाया पुरीको आज (सोमबार) दिउँसो ३ बजेतिर हत्या भएको हो ।
स्थानीय अन्दाजी ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।
“हामी घटनास्थलमै छौँ । घटनाको कारणबारे खुल्न बाँकी छ,” डीएसपी टेकबहादुर कार्कीले भने, “आपसी झगडामा हत्या भएको देखिन्छ । संलग्नलाई नियन्त्रणमा लिएका छौँ ।”
प्रहरीले घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएको छ ।
Discussion about this post