Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

विश्वविद्यालयको पठनपाठन सञ्चालनमा प्राविधिक र अनुसन्धानमा थप सहजताका लागि मधेश कृषि विश्वविद्यालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच सम्झौता भएको छ ।
उपकुलपति डा. वैद्यनाथ महतोका अनुसार एक पटकमा तीन वर्ष समयावधिका लागि गरिएको सम्झौतामा दुइटै पक्षलाई आवश्यक परेको खण्डमा कृषि प्राविधिक र अनुसन्धानात्मक सहयोग उपलब्ध गर्ने गराइने सम्झौतापत्रमा उल्लेख छ । शुक्रबार काठमाडौँस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालयमा भएको सम्झौतापत्रमा मधेश कृषि विश्वविद्यालयको तर्फबाट उपकुलपति डा. महतो र नार्कका निर्देशक डा. दीपक भण्डारीले हस्ताक्षर गरेका छन् ।
कृषि शिक्षा, अनुसन्धान र प्रसारमा घाम, पानी, फर्टिलाइजर भएको नेपालमा शिक्षा, रिसर्च र प्रसारबीच तालमेल नमिलेरै हामीले कृषिमा चाहेजस्तो प्रतिफल नपाएको उनको भनाइ छ । सुविधा सम्पन्न नार्कसँगको सम्झौताले यहाँका विद्यार्थीलाई इन्टरनेशनल स्तरको अनुसन्धानमा सहयोग हुने उपकुलपति डा. महतोको विश्वास छ ।
विश्वविद्यालयले गत कात्तिक देखिनै वीएस्सी एजी अनर्सतर्फ कृषि सङ्कायमा स्नातक तहको अध्ययन अध्यापनको लागि भर्ना लिइरहेको छ । प्रारम्भमा मधेश कृषि विश्वविद्यालयले अध्ययन गराउने कृषि सङ्काय स्नातक तहको पाठ्यक्रम तयारीको क्रममा ल्याब, अनुसन्धानजस्ता पक्षमा आउने कठिनाइहरू सहजताले पार गर्न यस प्रकारको सहकार्यको आवश्यकतालाई कृषि शिक्षा विज्ञले औँल्याएको विश्वविद्यालयका रजिस्ट्रार ठाकुरले बताए ।
Discussion about this post