ताप्लेजुङ, मङ्सिर : ताप्लेजुङमा एक घर जलेर नष्ट भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिवार एक घरमा आगलागी भएको हो । सदरमुकाम आगलागीबाट स्थानीय लालबहादुर गुरुङको ढुङ्गा, माटो र जस्तापाताको प्रयोग गरेर निर्माण भएको घर नष्ट भएको थियो ।
आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
आगो फुङ्लिङ नगरपालिकाको दमकल, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितिमा नियन्त्रण लिएको थियो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको जनाइएको छ ।
Discussion about this post