विराटनगर : विभिन्न जिल्लामा छ जना मृत अवस्थामा फेला परेका छन् ।
मोरङ सहित काठमाडौँ, चितवन, लगायतका जिल्लामा सोमबार ६ जना मृत अवस्थामा फेला परेका हुन् ।
मोरङको विराटनगर महानगरपालिका–६ रामपुर चोक बस्ने ४५ वर्षीय राजेश सहनी पनि आफ्नै घर नजिक मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी घर भएका ३८ वर्षीय अमृत ढकाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–४ भगवती टोल डेरा गरी बस्ने प्युठान माला रानी नगरपालिका–४ घर भएकी ४२ बर्सिया झरना बैजाली पुन मगर आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै रुपन्देहीको सैन मैना नगरपालिका–६ वैकुण्ठपुर डेरा गरी बस्ने गुल्मी ईस्मा गाउँपालिका– ६ घर भएका ५५ वर्षीय थकारी कुमाल पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
यता, सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारस्थित पेटीमा सोही नगरपालिका–४ बाहुन चौर बस्ने ४२ वर्षीय प्रेम परियार पनि मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
जाजरकोट, बारे कोट गाउँपालिका–८ लैखम बस्ने ७५ बर्सिया धनी खत्री पनि मृत अवस्थामा फेला परेकी छन् । खत्री सोही नगरपालिका–८ अँधेरीखोला भन्ने स्थानमा मृत अवस्थामा फेला परेकी हुन् ।
सबै घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post