काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई आज पक्राउ गरिएको हो ।
पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भैरहेको छ । नक्कली कागजात प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ ।
Discussion about this post