इटहरी / महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ ।
गिरीलाई सफाइ दिने गरी २७ भदौमा जिल्लाले गरेको फैसला विरुद्ध सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।
२०७६ कात्तिक ४ गते चतरास्थित आश्रममा महिला अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप गिरीमाथि छ ।
तर दोस्रो पटकको सुनुवाइका क्रममा जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले मुख्य प्रमाणको रुपमा पेश भएको अडियो रेकर्ड परीक्षण गर्ने विज्ञको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सफाइ पाउने फैसला गरेको थियो ।
Discussion about this post