सुन्दरहरैँचा / मोरङको बेलबारीबाट सुनसरीको इनरुवा सरेको कोसी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरुवा पु¥याइएकोप्रति ध्यानाकर्षण भएको जनाए ।
बेलबारी– ३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा अस्पताल उद्घाटन गरिएको थियो ।
अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वय समेत नगरी अस्पताल सारिएको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले आरोप गराए । उनले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गर्न ।
प्रादेशिक अस्पतालसँग पटक–पटक समन्वय र सहकार्यका लागि आवश्यक छलफल भएको जानकारी गराउँदै बेलबारीको सुरक्षा निकायसहित अस्पताललाई विविध पक्षमा सहयोग गरेको बेलबारी नगरपालिकाका प्रवक्ता राईले बताए ।
कोसी प्रदेशसभा सदस्य तथा बेलबारी नगरपालिकाका पूर्वप्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीमा अस्पताल पुनः स्थानान्तरणका लागि कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की समक्ष पहल गर्न आग्रह गरिएको बताए । मुख्यमन्त्री कार्कीले चाँडै कोसी प्रदेश प्रहरीका प्रमुख डिआइजीसहित सरोकारवालाको बैठक राख्ने सुवेदीले जनाए ।
Discussion about this post