झापाः समाजसेवी महेन्द्र कुमार थापाले ‘झापा-इलाम मैत्री समाज’लाई कार्यालय भवन निर्माण गर्न निःशुल्क जग्गा उपलब्ध गराउने भएका छन् । समाजका सदस्य नरेश कर्माचार्यको संयोजनमा समाजले झापाको कन्काईस्थित जामुनखाडी सिमसार क्षेत्रमा आयोजना गरेको वनभोज कार्यक्रममा समाजसेवी ई. थापाले समाजको लागि भवन निर्माण गर्न विर्तामोडमा करीब २५ देखि ३० लाखसम्म मुल्य पर्ने १० धुर जमीन प्रदान गर्ने प्रतिवद्वता व्यक्त गरेका हुन् ।
जग्गा वाहेक ईड्ड थापाले आफ्ना स्व। मातापिताको स्मृतीमा संस्थाको नाममा निर्माण हुने भवनलाई नगद ५० हजार साथै संस्थाको अक्षयकोषका लागि थप ५० हजार गरी एक लाख उपलब्ध गराउने जनाएका छन् । विगत लामो समय देखिनै ईड्ड थापाले विभिन्न संघसंस्था मार्फत सामाजिक कार्यमा आर्थिक सहयोग उपलब्ध गराउँदै आउनु भएको समेत श्रोतले जनाएको छ । संस्थालाई समाजसेवी मञ्जु बिमली उप्रेतीले ५१ हजार रुपैँया, रियल स्टेट व्यवसायी चन्द्र र मिरा कट्टेलले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् भने
टंक गजुरेलले २१ हजार,शशि कर्माचार्य,रबिन कार्की र सिता न्यौपानेले १०(१० हजार रुपैंया र चन्द्र तिवारीबाट ५ हजार ५५५ रुपैंया प्राप्त भएको समाजका महासचिव दिनेश भट्टराईले जानकारी दिए । उक्त अवसरमा दाताहरुलाई कदरपत्रसहित सम्मान गरिएको जनाइएको छ । हालसम्म यस समाजको नाममा स्थापित अक्षयकोषमा करीब सात लाख रुपैँया जम्मा भएको समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी गराइन् ।
इलामबाट झापा झरेर स्थायी वा अस्थायी बसोबास गरेका मानिसहरुले संगठन गरेर जन्माएको संस्थाले इलामेलीहरुलाई एकजुट गराउँदै हरेक सामाजिक कार्यमा सहभागिता गराउने उदेश्यले स्थापना गरिएको अध्यक्ष खत्रीले बताइन् ।
को हुन जग्गा दाता ई. थापा ?
इलामको फाकफोकथुम गाउँपालिका २ कोल्बोटेमा जन्मिनु भई इलाम नपा स्थाई घर भएका थापा इलाम आदर्श माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि आर्किटेक्ट ईन्जिनियर बनेका हुन् । उनले आफ्नो पेशा भन्द पनि विगत समयदेखि नै समाजसेवामा आवद्ध छन् । ई।थापाले इलाम बजारमा आगलागी हुँदा तत्कालिन समयमा सबै भन्दा बढी आर्थिक सहयोग पनि उपलब्ध गराएको उनको दावी छ । त्यस्तै, कोरोना महामारीको बेला लकडाउनका समय झापाको दमक तथा मोरङको उर्लाबारीदेखि पथ्रीसम्म एक महिने निःशुल्क खाना खुवाउने अभियान समेत संचालन गरेका थिए । ईड्ड थापा, इलामका सुपरिचित समाजसेवी, राजनितिज्ञ तथा व्यवसायी नारायण थापाका कनिष्ट सुपुत्र हुन् । थापा परिवारकै सम्पूर्ण लगानीमा झापाको कन्काई माई धाममा रहेको मूल मन्दिर समेत निर्माण भएको त्यहाँ भएको शिलालेखबाट जानकारी हुन्छ । अनेकन साना ठुला सामाजिक कार्यहरुमा सहयोग गर्नु हुने थापा जहाँ भए, रहे पनि इलामको बारेमा चासो लिने र इलामको विकाश र सम्बृद्धिमा कसरी सहयोग गर्न सकिन्छ भनेर आफ्ना दृष्टिकोणहरु प्रस्तुत गरिरहेका छन् । पछिल्लो समय राजनीतिक क्षेत्रतिर तर्फ पनि चासो बढाएका थापालाई जिल्ला बासी नागरिकहरुले जनताको काममा हरपल साथ दिन आग्रह गर्दै राजनीतिकको माध्यमबाट विवेक प्रयोग अनुरोध गर्न थालेका छन् ।
Discussion about this post