विराटनगर/ नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेश समितिको शिक्षा तथा सञ्चार समिति गठन भएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत साथै शिक्षा तथा सञ्चार समिति सभापति रविन दाहालले सोमबार विराटनगर एक कार्यक्रमबिच मनोनीत सदस्यहरूलाई कमिटीको सदस्यता वितरण गरेका थिए ।
समितिको सह -सभापति पदमा मोरङ बेलबारीका पत्रकार एवम् उद्योग वाणिज्य सङ्घ बेलबारीका महासचिव विवेक मिश्रलाई मनोनीत गरिएको छ । दहाल सभापति रहेको उक्त समितिको सदस्यहरूमा पत्रकार महासङ्घ मोरङका निबर्तमान अध्यक्ष बन्धु पोखरेल र अन्य २ जना सदस्यहरू रहेका छन् ।
Discussion about this post