झापा । झापाका धनवहादुर पङ्धाक सुब्बा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को प्रदेश नम्वर १ (कोशी)को अध्यक्षमा चयन भएका छन् ।
इटहरीमा सम्पन्न पार्टीको बैठकले पङ्धाकलाई अध्यक्षमा चयन गरेको हो । झापा बिर्तामोड निवासी उनी पेशाले मेनपावर व्यवसायी हुन् । उनी यस अघि पार्टीको झापा जिल्ला थिए ।
त्यस्तै पार्टीको सह अध्यक्षमा जीवनधामी चौधरी चयन भएका छन् । उनी यस अघि पार्टीको प्रदेश नम्वर १ को अध्यक्ष थिए ।
कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जनउँदै आएको यो पार्टीले कोशी प्रदेशलाई मानेको छैन । जसका कारण यो पार्टीले कोशी प्रदेशलाई १ नम्वर प्रदेश भन्दै आएको छ ।
पार्टीको बैठकबाट अन्य पदलाई भने जुन जुन पार्टीको जो जे जिम्वेवारीमा रहेका छन् त्यसैलाई मान्यता दिने निर्णय गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको प्रमुख आतिथ्यमा भएको बैठकमा पण्डितकापार्टीका उपाध्यक्ष अशोक चेम्जोङ र इन्दिरा मेयाङ्वोको बिशिष्ठ आतिथ्य रहेको थियो ।
त्यस्तै पार्टीका सचिव चन्द्रकुमार चौधरी, त्रिनारायण राजवंशी, सह–सचिव पदम अधिकारीलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन प्रदेश सचिव बिर्जु गच्छदारले गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला संघर्ष समिति, नागरिक सशक्तीकरणका लागि जागरण अभियान, नेसपा, लोसपालगायका एकीकृत भएर नागरिक उन्मुक्ति पार्टी (एकीकृत) नामकरण भएको हो ।
Discussion about this post