विराटनगर /नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकारको नेतृत्व परिवर्तन नभई आर्थिक मन्दी अन्त्य नहुने बताएका छन् ।
बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन आवश्यक रहेकाले सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन नसक्ने जिकिर गरे । जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको डा कोइरालाको भनाइ थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक रिपोर्ट सार्वजनिक गर्नुपर्ने उनले बताए । “बहुदलीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी हुन्छन् । मन्त्रीहरूले रिपोर्ट कार्ड सार्वजनिक गर्नुको अर्थ छैन,” उनले थपे, “एक वर्षमा प्रधानमन्त्रीले के–के काम गर्नुभयो म जस्तै नेपाली जनता चाहेका छन् । उहाँले तत्कालै रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ ।”
राष्ट्रियसभा निर्वाचनको तयारीका लागि काँग्रेसको महासमिति बैठक सार्नुपरेको प्रस्टीकरण दिए ।
अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको दाबी थियो । डा. कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा काँग्रेस एक्लै लड्नुपर्ने धारणा राखे ।
Discussion about this post