सुन्दरहरैंचा /सुन्दरहरैंचा नगरपालिकाले चर्को रूपमा कर बढाएपछि सुन्दरहरैचा संयुक्त संर्घष समितिले विरोध गर्दै आएका छन् ।
बिहीबार सुन्दरहरैचाको उद्योग वाणिज्य सङ्घको भवनमा पत्रका सम्मेलन गर्दै स्थानीय सरकारका पछिल्ला गतिविधि , नगरपालिकासँग भएका सहमति र जनताको चासोमा रहेका धेरै विषयहरू पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो ।
चर्को कर र व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि नगरपालिकाको उदासीनता विरुद्ध नागरिक दबाब अभियान सुन्दरहरैचा संयुक्त सङ्घर्ष समितिको रहेको छ ।
२०८०र०८१ को करको चर्को दर रेटलाई पटक–पटकका दबाब भएपछि पौष १५ अगाडी नै वैधानिक बाटोबाट समायोजन गर्ने भनी गरिएको थियो उक्त सम्झौताको नगरपालिकाले बेवास्ता गरिरहेको कुरा समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
इटहरी उपमहानगरपालिकाले इ–रिक्सा व्यवस्थापन गर्न, लगाएको नीतिमा सुन्दरहरैचा नगरपालिका प्रमुखले समन्वय र वार्ता गर्न समेत नसकेको सङ्घर्ष समितिले दाबी गरेको छ ।
सङ्घर्ष समितिले १६ वटा बुँदामा नगरपालिकाले गर्न नसकेको कार्यलाई पत्रकार सम्मेलन मार्फत बताइएको छ । सङ्घर्ष समितिले कर घटाउन जोडदार माग गरेको छ ।
कर बढाएको विषयमा स्थानीयवासि, राजनीति दल लगायत सङ्घ संस्थाले विरोध गर्दै आएका छन् । पुस १६ गतेसम्म करको दर समायोजन नगरे नगरपालिकामा तालाबन्दी गर्ने सङ्घर्ष समितिले जनाएको छ । विकास निर्माणका काम, लगायत सरकारद्दारा बजेट ल्याउन नसकेको पनि गुनासो गरेका छन् ।
Discussion about this post