काठमाडौं । सामाजिक सञ्जालको नियमन नेपालीको दक्षता र प्रविधिका तुलनामा निकै पेचिलो विषय भएकाले सञ्चार मन्त्रालयले गहन ढंगले हेरिहेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बताएका छन् ।
विज्ञापन बोर्डले बिहीबार आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालबाट हुने विज्ञापन नियमनका विषयको छलफलमा उनले निर्देशिका आएपछि टिकटक बन्द नभएको दाबी गरे ।
उनले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरुले नेपालको कानुन मान्नुपर्ने बताए । ‘पेचिला कुराहरुलाई हामी एक्लै निर्णय गर्दैनौ । सम्बन्धित निकायसँग बस्छौ, मुख्यतः हामी व्यक्तिभन्दा माथि समाज, राष्ट्र, कानुन, संविधान छ,’ उनले भने, ‘कानुनका आधारभूत कुरा मानिदिनु पर्छ ।’
सामाजिक सञ्जालले कानुन मान्दिन भनेर छुट नपाउने उनले बताए । ‘कमसे कम त्यो समाजकि सञ्जाल प्लेटफर्महरु आएर हामीसँग परिचीत हुुनुप¥यो, देखिनु प¥यो, सूचीकृत हुनुप¥यो,’ उनले भने ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले आफूले उत्पादन गरेका कन्टेन्टलाई आधार बनाएर अरुले नै फाइदा लिइरहेको सरकारले हेर्नुपर्ने जिकिर गरे । कन्टेन्ट उत्पादकहरुको अधिकार क्षेत्र मिचेर फाइदा लिनेहरुमाथि नियमन हुन नसकेको उनीहरुको भनाइ थियो ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले ‘कन्टेन्ट प्रोड्युसर’को हक कसैले खोस्न नपाइने बताए । मन्त्रालयले कानुन ल्याउने र आफूहरु कार्यान्वयन गराउने ठाउँमा रहेकाले अब नेपालबाट विज्ञापनकै लागि पैसा विदेशिने अवस्था नभएको भनाइ उनको थियो ।
‘कतिपयले कर २८ प्रतिशत कर तिरेर बसेको अवस्था छ ।
सामाजिक सञ्जालमा हुने विज्ञापनमा लाग्ने करका बारेमा हामीले मन्त्रालयमा प्रस्ताव गरेका छौं,’ उनले भने, ‘कसरी व्यवस्थित गर्ने भन्ने नियमावली को विषय हो । कानुन मन्त्रालयले बनाउने हो । हामी एडभाइजरी बोर्ड हौं ।’
सरकारले नै गर्ने विज्ञापनमा पनि क्षेत्र र माध्यमअनुसार फरक रहेको दृष्टान्त उनले दिए । पर्यटन बोर्डले विदेशी माध्यममा विज्ञापन दिने र स्वास्थ्य बीमा बोर्डले स्वदेशी माध्यममा विज्ञापन दिने भएकाले यो पेचिलो विषयलाई सम्बोधनमा ध्यान पु¥याउन जरुरी रहेको भनाइ उनको थियो ।
‘एउटै मापदण्ड नेपाल सरकारको निकायमा पनि लागु हुदैन । अरु प्रडक्टमा पनि लागु हुँदैन,’ उनले भने । नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालका फाइदा–बेफाइदाका मतमतान्तरलाई विज्ञापन बोर्ड एक्लैले सरकारलाई काम गर्न निर्देशन दिन नसक्ने जिकिर उनले गरे ।
Discussion about this post