तानसेन। पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पा रिव्दीकोट गाउँपालिका–३, का ३० वर्षीय विष्णु ढकाल रहेका छन ।
यस्तै, दुर्घटनामा परी दाङ जिल्ला घोराही उपमहानगरपालिका–३, का ३२ वर्षीय यमराज पुन र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–५, का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते भएका छन। घाइते दुबै जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार बेलुकी ८ः१५ बजे गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ नम्बरको टिपर उकालोमा व्याक भई सडकदेखि १५० मिटर तल खसेको थियो ।
Discussion about this post