पाँचथर । छोराले पछाडिबाट धकेल्दा पाँचथरमा बुबाको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका १ का ८३ वर्षीय चन्द्रमान तामाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ४८ वर्षीय छोरा घनेन्द्र तामाङले घरायासि विषयमा झगडा हुँदा चन्द्र धकेल्दा भित्तामा ठोकिएर उनको ज्यान गएको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
चन्द्रमानसँग अघिल्लो साँझ दुई जना छोराहरू घनेन्द्र र देवेन्द्रसँग विवाद भएको थियो । चन्द्रमानको मृत्युपश्चात् उनका दुवै छोराहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post