पाँचथर / पाँचथरको फिदिम नगरपालिका ४ सुम्हालुङ मन्दिर परिसरमा चासोक मेला सुरु भएको छ । शनिवार देखी सुरु भएको मेला १६ गते समापन गरिने छ ।
मेलाको एक कार्यक्रम बिच जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले उद्घाटन गरे ।
लिम्बू जातीको मौलिक पर्व चासोक तङ्नाम २०८० को अवसरमा मेलाको आयोजना गरिएको हो । मेला उद्घाटनको अवसरमा विभिन्न किसिमका जातीय झाँकिहरु प्रस्तुत गरिएको थियो ।
पर्यटकीय तथा ऐतिहासिक स्थल सुम्हालुङ गढीको प्रबद्धनका लागि मेला आयोजना गरिएको हो । सुम्जिरी सुम्हालुङ आम्बेपज संरक्षण एवम् विकास प्रतिष्ठानले आयोजना गरेको मेला पुस १६ गतेसम्म सञ्चालन हुने भएको छ ।
उद्घाटन कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका उपाध्यक्ष दीपेन्द्र तुम्बापोले गरेका हुन् । मेलाको अवसर पारेर आइतबार छैठौ सुम्हालुङ मिनी म्याराथन प्रतियोगिता, सोमबार सांस्कृतिक कार्यक्रम र मङ्गलवार चासोक पूजा गर्ने आयोजकको तयारी छ ।
Discussion about this post