Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

इटहरी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पासको प्रक्रिया अघि बढाउने भएको छ ।
नक्सा पास नभएका तर मापदण्ड अनुकूलका संरचनाहरूको ९० दिनभित्र प्रक्रिया पूरा गरिने उपमहानगर पालिकाले जनाएको छ ।
उपमहानगरको भवन अनुमति तथा भवन मापदण्ड कार्यान्वयन शाखाका प्रमुख, इन्जिनियर कैलाश तिम्सिनाका अनुसार संस्थागत, निजी वा जुनसुकै प्रयोजनको निम्ति बनाइएका भवनको नक्सा पास गर्न चैत मसान्तसम्म समय दिइएको बताए ।
घर नक्सा पास गरी “घर–नक्सा अभिलेखीकरण” गराउँदा घरको आधिकारिकता, सम्पत्ति धितो मूल्याङकन, बीमा प्रयोजन, बैकिङ प्रयोजन तथा करको दायरामा समेत आइने हुँदा घरधनीलाई नै लाभ हुने उनको भनाइ छ ।
तोकिएको समयमा पुरानो घर नक्सा पास गर्न उपमहानगरले नगरबासीलाई अनुरोध गरेको छ ।
Discussion about this post