धरान / शैक्षिक परामर्श सङ्घ पूर्वाञ्चल ई-क्यानको चौथो अधिवेशनको लागि इटहरीका रवीन्द्र निरौलाले अध्यक्षमा सशक्त दाबेदारी प्रस्तुत गरेका छन् ।पौष ९ गते सोमबार हुने सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका लागि सङ्घको अध्यक्षमा निरौलाले दाबी गरेका हुन । हालका कार्यसमितिका कोषाध्यक्ष भएर कुशल कार्यकाल सञ्चालन गरेका निरौलाले इटहरीमा २ दशक देखि लोटस मल्टिट्रेनिंङ प्रालि सञ्चालन गर्दे आएका छन् ।२ वर्ष कार्यसमिति सदस्य पुरा गरेर कोषाध्यक्षमा सर्वसम्मत चयन भएका निरौलाले आफ्नो दाबेदारीलाई सहज रूपमा लिन आग्रह गरेका छन् ।निरौलाले सदस्यहरू बिस्तार सँगै स्थानीय तहमा समन्वय गरेर कन्सल्टेन्सी ब्यावसायलाई मर्यादित बनाउने लक्ष्य राखेको बताउँछन् । यस्तै सदस्यहरूलाई दक्ष बनाउनका लागि कर,परामर्श,स्किल डेभलपमेन्ट तालिमहरू गराउने उद्देश्य रहेको निरौला बताउँछन् ।
उनले आफ्नो कार्यकालमा संस्थाको वार्षिक क्यालेन्डर तयार पारी आगामी दिनमा सोही अनुसारका कार्यक्रमहरू अघि बढाउने समेत उद्देश्य राखेको उनी बताउँछन् ।
यस्ता निरौलाले अध्यक्ष भएपश्चात् संस्थाका सम्पूर्ण सदस्यहरूको १० लाखको दुर्घटना बिमा समेत गर्ने उद्देश्य रहेको बताए । उनले संस्थाको गरिमालाई कायम राख्दै, संस्थाको उद्देश्य अनुरूप सम्पूर्ण शैक्षिक परामर्शसँग सम्बन्धित सस्थाहरु सहकार्य समन्वय र भाइचारा सम्बन्ध राखी पेसागत हकहितका लागी काम गर्ने बताएका छन् ।
उनले कोसी प्रदेशमा रहेका विभिन्न जिल्लाहरूमा परामर्शका क्षेत्रमा काम गर्ने संस्थाहरूलाई एकताबद्ध गर्ने देखि लिएर ईक्यानलाई व्यवस्थित गर्न कर्मचारी राखी कार्यालय सञ्चालन गर्ने लगायतका एजेन्डाहरू अघि सारेका छन् । संस्थामा हाल २४ सदस्यहरू दर्तामा रहेका छन् ।
२ वर्षका लागि निर्वाचित हुने ई क्यानको पूर्वाञ्चल समिति ९ जनाको रहनेछ । जसमा अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष र ४ सदस्य सहित नि-वर्तमान अध्यक्ष समेत कार्यसमितिमा रहने व्यवस्था रहेको छ ।
धरानको होटेल गजुर प्यालेसमा हुने ७ औ साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन सत्रका लागि केन्द्रीय अध्यक्ष शेषराज भटराई,महासचिव दीपकराज भुसाल,सचिव भवनाथ हुमागाईँ र कोषाध्यक्ष आसिक कार्की धरान आइसकेका छन् ।
Discussion about this post