धरान । शैक्षिक परामर्श सङ्घ ई -क्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले सेवा केन्द्रित ब्यावसाय गदा पनि सरकारले विभिन्न बहानामा दुख दिने गरेको गुनासो गरेको छन् ।
सुनसरीको धरानमा शैक्षिक परामर्श सङ्घ ई -क्यान पूर्वाञ्चलको चौथो अधिवेशन तथा सातौँ साधारण सभालाई उद्घाटन गर्ने क्रममा भट्टराईले उक्त गुनासो गरेका हुन । उनले २७ वर्ष देखि चलिआएको परामर्श सङ्घलाई सिंहदरबारले हेर्ने दृष्टिकोण सकारात्मक नभएका कारण बेला बेलामा आफूहरूले दुख पाउने गरेको समेत बताए ।अनावश्यक रूपमा सङ्घमा धरौटीको कुरा ल्याएपछि पटक पटकको लबिङ पश्चात् हटाउन सफल भए पनि बेला बेलामा परामर्श सङ्घलाई आक्रमण हुने गरेको जिकिर समेत गरेका छन् ।
कार्यक्रममा संस्थाका महासचिव दीपकराज भुसालले पनि आफूहरूलाई चौतर्फी आक्रमण भइरहेको बताए । उनले आफूहरू निर्वाचित भएर आएपछि ब्यावसायको हितमा निरन्तर लागि परेको जिकिर समेत छन् । उनले संस्थागत हितका लागि अमेरिका,अस्ट्रेलिया,क्यानडा,जापान सहितका देशहरूमा विद्यार्थी पठाउनका लागि भइरहेको समस्याका बारेमा निरन्तर छलफल पश्चात् समाधान गर्न सफल भएको बताए ।
उनले संस्थामा रहेका सदस्यहरूको हितका लागि काठमाडौँको मोडिसिटी अस्पतालमा उपचार गर्दा सौलियतको व्यवस्था मिलाएको बताए । उनले जिल्ला शाखाहरूलाई संस्थागत हितका लागि एकताबद्ध भएर लाग्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा केन्द्रीय सचिव भवनाथ हुमागाईँ,कोषाध्यक्ष आसिक कार्की,केन्द्रीय सल्लाहकार विष्णु पोखरेल,झापा जिल्ला अध्यक्ष मिलन ओली,ई क्यानका कोसी प्रदेशका प्रमुख सल्लाहकार कमल तिम्सिना लगायतले बोलको थिए ।
कार्यक्रमकै पहिलो सत्रमा संस्थामा महत्त्वपूर्ण योगदान पुर्याएबापत संस्थाका प्रमुख सल्लाहकार कमल तिम्सिना र संस्थापक अध्यक्ष रोशन निरौलालाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा संस्थामा नबिरकण गर्ने सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको ई -क्यान पूर्वाञ्चल अध्यक्ष प्रकाश लकान्द्रिले बताए ।
Discussion about this post