पाँचथर / पाँचथरमा पूर्व मन्त्री स्व. पद्य सुन्दर लावतीको सालिक अनावरण गरिएको छ ।
सदरमुकाम फिदिममा स्थित अस्पताल चोकमा कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सालिक अनावरण गरेका हुन् ।
विभिन्न समयमा मन्त्री भएका लावतीले जिल्लाको विकास निर्माणमा महत्पूर्ण योगदान पुर्याएको भन्दै सालिक निर्माण गरिएको हो । नवनिर्मित सालिक अनावरण कार्यक्रममा उनको योगदानको चर्चा समेत गरिएको थियो ।
गृह जिल्ला पाँचथर भएका लावती पटक पटक मन्त्री भएका थिए । सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा महत्पूर्ण योगदान पुर्याएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि खापुङले समेत लावती विकासवादी नेता भएको चर्चा गरे ।
Discussion about this post