निशा राई
धरान / धरानमा एन्फा एकेडेमी र सप्तरङ्गी पार्क जाने बाटोमा निर्माण गरिएको गेटको उद्घाटन गरिएको छ ।
बुधवार धरान उपमहानगरपालिकाको वडा नं.१७ मा एन्फा एकेडेमी र सप्तरङ्गी पार्क जाने बाटोमा बनेको गेटको अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष पङ्कज नेम्बाङले उद्घाटन गरेको छन ।
उद्घाटन क्रममा उनले पूर्वको धरान भन्न बित्तिकै खेलाडीहरू जन्माउने सहर साथै मिनी ब्राजिल भनेर पनि चिनिने गरेको गर्दै उनले बताए ।
यसरी खेलाडी उत्पादन हुने ठाउँ धरान र एन्फा एकेडेमीले खेलाडी उत्पादन गरिरहेकोमा एन्फाकै नाममा गेट निर्माण हुनु गौरवको कुरा बताए ।
धरानले राज्यलाई राजु काजी शाक्य, मिलन श्रेष्ठ जस्ता थुप्रै खेलाडीहरू दिएको अध्यक्ष नेम्बाङले बताए ।
यस गेटको निर्माणको लागी धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईको र उपप्रमुख आईन्द्र विक्रम बेघाको २०७९ सालको मेयर, उपमेयर कोषबाट जम्मा ६ लाख दिएको कोसी प्रदेश फुटबल सङ्घको अध्यक्ष किशोर राईले बताए ।
जसबाट ४ लाख ६५ हजार खर्च भएको र अन्य रहेको रकमले एकेडेमी र सप्तरङ्गी पार्क जाने बाटोमा लाईट, फुलहरूको र सप्तरङ्गी पार्कलाई खेलकुद पार्कको लागी खर्च गरिने र त्यसको लागी स्थानीय सरकार सँग समन्वय गरिरहेको उनले बताए ।
Discussion about this post