Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

जिल्ला प्रशासन कार्यालय सुनसरीले मापदण्ड पुरा नगरी सञ्चालन गरिरहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सरकारले तोकेको मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका तीन वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।
धरानमा रहेको नवदुर्गा स्टोन क्रसर उद्योग, रामधुनीमा रहेको छिङ्ताङ देवी बालुवा क्रसर उद्योग र वराहक्षेत्रमा रहेको सुनसरी सेण्ड एण्ड वासिङ उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले जानकारी दिए ।
केही दिन अघि गरिएको अनुगमनम उक्त क्रसर उद्योगहरुले मापदण्ड पूरा नगरेको देखिएपछि तत्काल बन्द गर्न मौखिक निर्देशन दिइएको भट्टराईले जानकारी दिए ।
मानव बस्ती नजिक, खोला छेउ तथा वन जङ्गल क्षेत्र भित्र निर्माण गरेपछि बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिएका छन् ।
सुनसरीमा तीन वटा क्रसर उद्योग सञ्चालनमा देखियो । तर ती सबैले मापदण्ड पालना नगरेका बन्द गर्न भनेका छौँ भट्टराईले भने ‘वातावरण प्रभाव मूल्याङ्कन नगरेको, मानव बस्ती नजिक तथा खोलालाई के क्षति गर्छ भन्ने सामान्य नियम समेत पुरा भएको छैन । त्यसैले बन्द गर्न भनेका हौँ ।’
तर कुनै पनि क्रसरले निर्देशन नमानेको समेत उनले उल्लेख गरे । मौखिक रूपमा भनेका छौँ तर बन्द गरेको देखिएको छैन, भट्टराईले भने ।
केही दिन अघि गृह मन्त्रालयले जिल्ला प्रशासनलाई वातावरण प्रभाव मूल्याङ्कन नगर्ने, मानव बस्ती तथा खोलाको नजिक रहेका क्रसर उद्योगको अवस्था हेरेर मापदण्ड पुरा नगरे बन्द गराउन निर्देशन दिएको थियो ।
Discussion about this post