इटहरी – इटहरी जेसिज वर्ष २०२४ का निर्वाचित तथा मनोनीत पदाधिकारीहरूलाई एक कार्यक्रमका बिच पदस्थापन गरिएको छ ।
वर्ष २०२४ का लागि अध्यक्षमा सुमन सुवेदी कार्यकारिणी उपाध्यक्ष मिलन कार्की र प्रज्वल बस्नेत,कानुनी सल्लाहकार अनोज पोख्रेल ,महासचिव मिसन पराजुली,कोषाध्यक्ष देवेन्द्र कार्की,सचिव प्रदोष ढकाल रहेका छन् ।
यस्तै उपाध्यक्षहरूमा सरोज चौलागाईं, सरोज कार्की ,खगेन्द्र खतिवडा र सन्तोष ढकाल रहेका छन् ।
निर्वाचित तथा मनोनीत पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल, वर्ष २०२४ का निरूपित कार्यकारिणी उपाध्यक्ष भीमबहादुर कुवर र पूर्व राष्ट्रिय अध्यक्ष महेश पौडेलको उपस्थितिमा २०२३ का अध्यक्ष योगेन्द्र पौडेलले चेन हस्तान्तरण गरेका थिए ।
नेपाल जेसिजको ५१ औ महाधिवेशन २०२४ को डिसेम्बरमा इटहरीमा हुन गइरहेको कारण पनि वर्ष २०२४ का इटहरी जेसिजलाई महत्वका साथ हेरिएको छ ।
Discussion about this post