विराटनगर । विराटनगरबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ ।
विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट प्रहरीले ८० पिस कुर्ता सलवार, ३० पिस पाइन्ट, १६ पिस स्वीटर र ५ पिस बच्चाको सुट बरामद गरेको हो । भन्सार छली गरेर ल्याइएको कपडा जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टर दुर्गा राईको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको हो ।
बेवारिसे अवस्थामा रहेको अवैध कपडा ८४ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद कपडा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।
Discussion about this post