झापा । नेपाल प्रहरी कार्ययोजना तथा वार्षिक कार्य सम्पादन सम्झौता, २०८० लाई प्रभावकारी बनाउने उद्देश्य अनुसार कोशी प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरु मध्येबाट कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय झापा उत्कृष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले कात्तिक र मंसीर महिनामा गरेका कामको आधारमा जिल्ला प्रहरी कार्यालय उत्कष्ट बनेको हो ।
नेपाल प्रहरीको वार्षिक कार्य योजना २०८० अनुसार कार्यान्वयन गर्नु पर्ने बुँदागत बिषयहरुमा कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुले गरेका कार्यहरुको प्रगति विवरण समीक्षा गर्दा जिल्ला प्रहरी कार्यालय झापाले कार्य योजना अनुसार उत्कृष्ट कार्य गरेकोले उक्त जिल्लालाई कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले उत्कृष्ट कार्य सम्पादनको बधाईसहित प्रशंसा–पत्र प्रदान गरे ।
कोशी प्रदेश अन्तर्गत रहेका अन्य प्रहरी कार्यालयहरुले समेत कार्ययोजना अनुसार कार्य गरिरहेको तथा आगामी दिनमा तीब्रताका साथ निरन्तर रुपमा लागी पर्न समेत बाँस्तोलाले निर्देशन दिए ।
Discussion about this post