Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

प्रदेश १ मा आज नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तयारी गरिएको छ । माओवादी केन्द्रबाट आज दुई जना मन्त्री सरकारमा सहभागि हुने तयारीमा रहेको बताइएको छ ।
माओवादी केन्द्रले तीन जनालाई पठाउने तयारी गरेको थियो । तर, मन्त्रीको नाम छनोट गर्ने विषयमा विवाद भएपछि दुई जनालाई मात्रै पठाउन लागेको हो ।
नेताहरुका अनुसार माओवादी अध्यक्ष प्रचण्डका छोरी ज्वाइँ जीवन आचार्यको मन्त्री पद निश्चित छ । उनीसँगै आज दुर्गा चापागाईं पनि मन्त्री बन्ने स्रोतले जनाएको छ ।
सुरुवातमा सरकारको नेतृत्व आदि-आदि गर्नपाउनु पर्ने माग सहित सरकारमा सहभागी नहुने आडान लिएको माओवादीले सरकारमा सहभागी हुन केन्द्रबाट निर्देशन भएपछि तयार भएको थियो ।
माओवादी केन्द्रको समेत समर्थनमा एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । उनले आजै बिश्वासको मत लिने तयारी गरेका छन् ।
Discussion about this post