विराटनगर । मोरङको लेटाङमा बिहीबार बिहान आगलागी भएको छ । लेटाङ नगरपालिका–३ कृतिमानमा आगलागी हुँदा एउटा घर जलेको छ ।
प्रहरीका अनुसार स्थानीय ज्ञानबहादुर राईको घरमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको छ । काठ प्रयोग गरेर बनाइएको र कर्कटपाताको छानो भएको कच्ची घरमा गाईलाई खोले पक्राउने क्रममा बिहान ८ः३० बजेतिर अचानक आगलागी भएको जानकारी प्रहरीले पाएको छ ।
आगोले घरसहित भाँडावर्तन, अन्नपात, लत्ताकपडा, काठपात, पराल जलेर ध्वस्त भएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
घटनामा ८ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ । मानवीय र चौपाया क्षति भने भएन । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
Discussion about this post